आज मिति २०८० साल भाद्र २३ गते शनिबार भएको दशौं वार्षिक साधारण सभा मा प्रस्तुत हुने अध्यक्ष काे प्रतिवेदन, वार्षिक बजेट तथा कार्यक्रम, स्वतन्त्र लेखा परीक्षक काे प्रतिवेदन,स्मारिका वितरण , जेष्ठ सदस्य सम्मान,साना नानीहरूलाई पुरस्कार वितरण,पुराना समिति विघटन तथा नयाँ सन्चालक , लेखा समितिको गठन लगायत विषयहरुमा संस्थाका अध्यक्ष श्री शारदा शर्मा काे अध्यक्षता मा र जिल्ला सहकारी संघ का पूर्व अध्यक्ष श्री हरिचरण बानियाँ काे प्रमुख आतिथ्यता, विभिन्न संस्थाका अतिथि हरू ,उपस्थित संस्थाका सल्लाकार सदस्य , निर्वाचन समिति, उपसमिति र शेयर सदस्यहरू काे भव्य उपस्थितिमा मा आजको दशौं साधारण सभा सम्पन्न गरियो।
नव निर्वाचित अध्यक्ष, उपाध्यक्ष, सन्चालक समिति तथा लेखा समितिका सदस्यहरूलाई नयाँ कार्यकालको हार्दिक बधाई तथा शुभकामना ।
स.म.स.ब.लि. परिवार।